गजल : माया निर्भीक

गजल : माया निर्भीक
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

म चाहान्छु मृत्युपछिको तिम्रो नासो ,खेर जाओस ।
मेरो लास माथी, राखेको कफन उडेर जाओस।।

दैलोमा रगत लतपतिएको घाँगर झुन्ड्याएकि छु ।
बलात्कार गर्न आउनेको मन पनि चुँडिएर जाओस ।।

यहि स्वार्थ बोकेर बसेको छ त्यो मन्दिरको मुर्ती
मान्छे आओस भेटी चढाओस मलाई ढोगेर जाओस ।।

कठ्याङ्रीदो चिसोले छाउ गोठमा मर्ने ठूलो धोको छ
फेरि यो ठाउँ फर्किनु नपरोस काल यत्ती बोलेर जाओस ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।