पुरस्कार : सुरेशकुमार पाण्डे (लघुकथा)

पुरस्कार : सुरेशकुमार पाण्डे (लघुकथा)

कपन अनलाइन
काठमाडौं, असोज १२।

“हेर्नु त सर, आज पनि एक हुल साहित्यकार पुरस्कृत भएका रहेछन् ।” अमिलालले दिनबन्धुलाई अखबार देखाउँदै भने ।
“मैले देश र जनताको हितमा कलम चलाउन लागेको पनि झण्डै चार दशक भयो । न त सरकारले कहिले सोध्यो न कुनै निकायले मलाई अहिलेसम्म पुरस्कृत गर्यो । मैले त यो पनि बुझ्न सकिनँ, कुन आधारमा पुरस्कृत हुने रहेछन् ?” दिनबन्धुले भने ।
“एउटा कुरा भनौँ सर ?’ अमिलालले भने ।
“भन्नु न हजुर ! नसुन्ने त कुरै छैन ।”
उनले पारामा स्वीकृत दिए ।
“हजुर त पञ्चायती कालमा पञ्चेको बिरूद्धमा, राजतन्त्रको बेलामा राजसंस्थाको बिरूद्धमा, गणतन्त्र आएपछि अन्याय अत्याचारको बिरूद्धमा, भ्रष्टाचार, महंगी, विदेशी अतिक्रमण र हस्तक्षेपको बिरूद्धमा लेख्ने मानिस होइन र ?”
“हजुर हो नि ! त्यो त इतिहास साँच्चि छ, जगजाहेर नै छ ।” उनले स्वीकार गरे । अमिलालले हाँस्दै भने, “अब भन्नु त, कसैको झोला नबोकी हजुरलाई कसले पुरस्कार देलान् ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।