गजल : प्रज्वल पुडासैनी

गजल : प्रज्वल पुडासैनी

कपन अनलाइन
काठमाडौं, असोज १२।

बुनेर सफलताको डोको, ढाकेर इज्जत नाम राख्नु ।
बेचेर रहरको सहर तिम्ले, सपना किन्न दाम राख्नु ।।

च्यातेर बैँसका चिठीहरु, चढ्नु उन्नतिका महल तिमि ।
लुकाउन दुःखका पानाहरु, किनि हाँसोको खाम राख्नु ।।

कहिले आँसुको भेल बग्ला, कहिले मुटु चट्टान बन्ला ।
सङ्गालेर टुक्रा टाक्री मनहरु, याद जोड्ने काम राख्नु ।।

उम्लिँदा आवेगका रगतहरु, मारिएलान् मनका मुनाहरु ।
पखाल्न पापका टाटाहरु कहिँ, खोजि चार धाम राख्नु ।।

नफाल्नु पिडाका पोकाहरु, यसै दुस्मन नाच्लान् फेरि ।
दिमागमा रावण आएछ भनेनी, मनमा श्री राम राख्नु ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।