भाद्र २२ गते देखि हराइरहेकी बुनपा-४ की हेरदेवी महर्जनको शव धानखेतमा भेटियो

भाद्र २२ गते देखि हराइरहेकी बुनपा-४ की हेरदेवी महर्जनको शव धानखेतमा भेटियो

कपन अनलाइन
काठमाडौं, भदौ २४।

भाद्र २२ गते देखि हराईरहेकी बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा बसोवास गर्दै आएकी हेरदेवी महर्जनको शव घर नजिक रहेको धानखेतमा भेटिएको छ।

भाद्र  २२ गते बिहान १० बजे देखि हराएकी स्थायी ठेगाना टोखा नगरपालिका रहेपनि लामो समयदेखि  बुढानिलकण्ठ -४ मा बस्दै आएकी महर्जनको शव घर नजिक रहेको आफ्नै खेतमा आज करिव ३.३० बजेको समयमा भेटिएको हो।

महर्जनको शव भेटिए संगै हाल नेपाल प्रहरीको अनुसन्धान टोलि घटना स्थलमा पुगेको जानकारी दिदै वडा नं ४ का अध्यक्ष श्रीराम केसीले थप अनुसन्धान गर्न  शव पोस्टमार्टमका लागि लाने बताएका छन।

तपाइँको प्रतिक्रिया ।