तीन मुक्तक : नम्रता ‘निराश्रित’

तीन मुक्तक : नम्रता ‘निराश्रित’
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।

लोभी पापी छन् यो दुनियाँमा सबैजसो भन्छ मान्छे
अत्याचार गरेर हिँड्दै धर्मको खुड्किलो गन्छ मान्छे
धनसँग तौलिएर आफ्नो इज्जत कतै नबेचेर यहाँ,
इमान बचाउन सके मात्र मान्छे जस्तो रहन्छ मान्छे ।

जिन्दगी अनौठो यात्रा रहेछ सजिलो बाटो भेटिएन
दुःखका बहार आए पनि खुसी कहिल्यै अचेटिएन
हर्षको मीठो सुगन्ध भित्र हाँसखेल गरेर रमाउने,
यादको भुमरी भित्र फसेको मीठो तृष्णा अझैँ मेटिएन ।

एक्लै बस्न रमाउछ मन स्वार्थको ठुलो हुल भित्र
सपनाको महलमा छिर्दा खुसीको मात्र देखिन्छ चित्र
भोलीको भाग्य तय गर्ने विश्वासको कैयन् खुड्किला,
उक्लन खोज्दा पछारिन्छु मेरो स्वभाव यस्तै छ मित्र ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।