रुस र युक्रेनलाई : सन्तोष कुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
म प्रेमको कबिता लेख्न बसेको
प्रेम आज लजाएर पर गई
युद्धले उधुम मच्चाएका यी देशमा
जहाँ लाखौं प्रेमीहरू बिछोडका आँसु पिएर ढलेकाछन्
पाषाण बनेर ।
आऊ तिमी नलजाऊ प्रेम
म दूर देशबाट आएको कवि हूँ
मेरा कबिताका हरफभित्र तिमीलाई राखेर
म प्रेमको उद्घोष गर्दैछुँ
शान्ति शान्ति शान्ति !
हृदयहरूलाई पूनः द्रवीभूत हुन देऊ
यो प्रेमको महासागरमा
जीवन निकै छोटो छ ।
धेरै भो, अब युद्ध रोक !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।