सप्तरङ्गी विपना : अंशु भट्ट (कविता )

सप्तरङ्गी विपना : अंशु भट्ट (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

शिर झुकाएर हिँड्ने छैन,
नयाँ विचारधारा बोक्ने नारी म ।
परिबन्धले रोक्न सक्दैन,
सपनाले सिमा थाम्न सक्दैन ।

स्वतन्त्र बाज झैँ अन्नत उचाई उड्छ,
कहिले गर्जिन्छ, कहिले बर्षिन्छ ।
कहिले आफैँ हारेर कुनामा लजिँन्छ,
तर फेरि जिन्दगी बनि सजिँन्छ, मेरो विपना ।

स्वतन्त्रताको नयाँ परिभाषा अनि अस्तित्व,
संघर्षको रमाइलो गाथा बनेको हरेक घामछाँया ।
खुल्ला आकाशमुनि बुन्छु हरेक सपना,
न कुनै सिमा, न कुनै हद, स्वतन्त्र पन्छी मेरो विपना ।

जिते पुज्ने छन्, हारे थुक्ने छन्,
तर अन्तिम साशसम्म लड्छ हरेक सपना ।
अमर कहानी बन्ने बाटोमा दौडन्छ,
स्वाभिमानी सपनाहरू जिन्दगीको सप्तरङ्गी विपना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।