चारु : दिपक पनेरु

चारु : दिपक पनेरु

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

मातेको छैन सोमरस छल्किन देऊ
बिहोशी भए यहीँ कतै ढल्किन देऊ

हुँदैन हिंड्न सजिलो यो रातको बेला
चाँदनीको सुन्दर आभा झल्किन देऊ

हेर्नुछ सपनाकी रानी निदरी मै सही
नथुन यी आँखा निंद मै पल्किन देऊ

कति रुँझाउँ परेली पीर व्यथा पोखी
बन्नुछ खरानी मलाई सल्किन देऊ

म हुँ यात्री अन्जान यो नौलो शहरको
कि त बनेर कोहिनुर टल्किन देऊ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।