गजल : लीलाराज दाहाल

गजल :  लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

उज्यालोले भित्र मुटु जल्छ कसैको
समयले नै हुलिया बदल्छ कसैको !

जित्छु भन्ने चाहाना लिई हिँडेपछि
हार्दा भने सारा तन गल्छ कसैको !

मनभरि अन्धकारले राज गरे पनि
फेरि पनि आत्मज्योति बल्छ कसैको !

प्रहार गर्छ निराशाको लौरोले अचेल
त्यसैले त मनको गजुर ढल्छ कसैको !

रणभूमीमा जतिसुकै जिते पनि लीला

तँभित्र नि दादागिरी चल्छ कसैको !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।