दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं, साउन १२।
सदाकल्पनाकै बहावमा हिँड्न हुदैन  हामी
सदा सपनाकै प्रवाहमा हिँड्न हुदैन  हामी
हेर सब कुरा त क्षणिक विचार धराहरु हुन्
केवलजपनाकै प्रवाहमा हिड्न हुदैन  हामी ।

दुःख त यो मानवले जीवनमा नै पाउँछ
धेरसुख पनि यो मानवजीवनमानै आउँछ
हामीले सुख र दुःखलाई बराबरी ठानौ
विविध कष्ट यहीयहीँजीवनमा नै छाउँछ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।