स्कुल : संयुक्ती भण्डारी (कविता )
कपन अनलाइन
काठमाडौं, साउन १२।
मेरो घर जस्तै अर्को पनि प्यारो घर
स्कुल जस्तो राम्रो ठाउँ अन्तकहाँ छ र ?
स्कुलमा नि घरमा जस्तै सधैँ पाउँछु माया
पढ्ने कामथाती राख्दै जान्नँ दायाँबायाँ ।
गुरुबा र गुरुमाको न्यानो लाग्छ साथ
हँसाउनु पनि हुन्छ गर्दै मीठा बात
खेल्ने चौर फराकिलो उफ्री साथीसँग
कम्प्युटरमा औँलाचल्दा पर्छु अझै दङ्ग ।
विज्ञानको प्रयोगशालामा सिक्दै धेरै ज्ञान
पुस्तकालयको पुस्तकका अझै ठूलो सान
सङ्गितका धुनमा नि रमाउन सिक्छु
स्कुलकै साथपाई असल बनेर टिक्छु।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।