मुक्तक : जेबी खत्री

मुक्तक :  जेबी खत्री

कपन अनलाइन
काठमाडौं, साउन ५।

किन दुख्छ आफैँसँग
आफ्नो जिन्दगी ।
व्यर्थै लाग्छ आफैँसँग
आफ्नो जिन्दगी ।

बिहान उठ्दा आँगनभरि
फूल झरेको देख्दा
यस्तै पो रैछ क्यार झैँ
लाग्छ जिन्दगी ।

जन्मेपछि एकपटक त
मर्नै पर्छ सबले
तर पटकपटक मरेजस्तो
लाग्छ जिन्दगी ।

पूणर््िामाको जूनसँग
रमाए पनि मन
औँशीको रात जस्तो
लाग्छ जिन्दगी ।

आशाबादी हुनुपर्छ भन्छु
आफैँ पनि तर
सोचे भन्दा धेरै फरक
लाग्छ जिन्दगी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।