तिम्रो कविता: सन्तोष कुमार पोखरेल (कविता )

तिम्रो कविता: सन्तोष कुमार पोखरेल (कविता )

कपन अनलाइन
काठमाडौं, साउन ५।
उत्कृष्ट छ अनुपम
भाव छ, सागर छ
अपार अगम
उत्कट अभिलाषा
यो मधुरिम आशा
होइरहोस् जनम जनम !

तिमी पवित्र कन्चन
कति कति भाव बहन्छन
तिमी ज्ञानी
तिमी गुणकी खानी
शाश्वत दैवी छया
तिम्रो पार्थिव काया
हरहर सुगन्ध छर्छ
मेरो मन हर्छ ।

गीत तिम्रा कविता
सललल बहने सविता
बहँदै सागर पुग्ने
कल्कल तिम्रा वाणी
तिमी कल्याणी ।

सिन्चन गर्दै
सबतिर प्रीति छर्दै
मेरा बन्जड बारीहरूमा
घटका घट जल भर्दै
फूल फुलाई दिन्छ्यौ
खुशी लिन्छ्यौ
यस पृथिवीमा दुर्लभ
तिमी प्राणी ।

म बजाउँ
मनका तार बजाउँ
तिम्रा रुपहरूका सङ्गीत ल्याउँ
तिम्रा गीत गाउँ
तिम्रो सुन्दर हृदयभरी
बसिरहन जो पाउँ
म रमाउँ,
तिम्रा नयनभरी भरी हरपल
मैँ भिजिजाउँ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।