चुनिखेलको धिमे टोलीलाई नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमिल प्रोत्सहान…….

चुनिखेलको धिमे टोलीलाई नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमिल प्रोत्सहान…….

कपन अनलाइन

काठमाण्डौ,साउन १।

असार ३१ गते सोमवार नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गर्नका लागि काठमाण्डौ जिल्लाका नेता तथा कार्यकर्ताहरु बालुवाटारमा पुगेका थिए।

शितल निवासमा सपथ ग्रहण पश्चात सहिद स्मारक,केन्द्रीय कार्यालय च्यासल पुगेर प्रधानमन्त्री ओली बालुवाटार पुगेका थिए। नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा भएको बधाई ज्ञापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलको धिमे टोलि पनि बाजागाजा सहित पुगेको थियो।

काठमाण्डौ जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले चुनिखेलको धिमे टोलीको प्रस्तुति र पहल प्रति प्रेम प्रकट गर्दै तस्विर खिचेको वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेश ) ले जानकारी दिएका छन।

चुनिखेलबाट स्वागतको लागि गएको धिमे टोलीलाई स्टेज मै बोलाएर बाजा बजाउन लगाएर संगै फोटो खिचेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले संस्कृति संरक्षणका लागि देखाएको मोहका लागि प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन।

चुनिख्य धिमे खलमा  सुरज श्रेष्ठ, सिजन श्रेष्ठ, अनुभब श्रेष्ठ, अन्कित श्रेष्ठ,निमेश श्रेष्ठ, रिहान श्रेष्ठ र  आदर्श श्रेष्ठ रहेका छन।

तपाइँको प्रतिक्रिया ।