बुढानीलकण्ठ नगरपालिकाले अब प्रत्येक दिन राष्ट्रिय परिचय पत्र वितरण गर्ने

बुढानीलकण्ठ नगरपालिकाले अब प्रत्येक दिन राष्ट्रिय परिचय पत्र वितरण गर्ने

कपन अनलाइन

काठमाण्डौ,साउन १।

बुढानीलकण्ठ नगरपालिकाले अब प्रत्येक दिन राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ ।

बुढानीलकण्ठ नगरपालिको कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गराउनु भएका नगरवासीहरु मध्ये Dear ….….. your NID card has been received at Budhanilkantha Municipality. You can collect your card within office hours. Best regards, DoNIDCR भनि मोवाईलमा मेसेज प्राप्त गर्नुभएका महानुभावहरुले मात्र नगरपालिका परिचयपत्र वितरण स्टेसनमा गई संकलन गर्न सक्नुहुने छ।

नगरपालिकामा राष्ट्रिय परिचय-पत्रको दुईवटा सवस्टेसन स्थापना भएसँगै अब प्रत्येक दिन वितरण कार्य सुरु हुनलागेको हो । दुईवटा सवस्टेसन मध्य एउटाबाट दर्ता मात्र गरिने र अर्कोबाट वितरण गरिने व्यवस्था  मिलाईएको पञ्चिकरण शाखा प्रमुख, चन्द्रमणि पाण्डेले जानकारी दिएका छन।

परिचयपत्र  आईतबार देखि वितरण हुने भैरहेकोले  कार्यालय समयमा गई संकलन गरिदिनुहुन नगर प्रमुख मीठाराम अधिकारीले आग्रह गरेका छन ।

त्यस किसिमको मेसेज आएको व्यक्तिले राष्ट्रिय परिचयपत्र को विवरण दर्ताको Confirmation Pageनागरिकता प्रमाण पत्र / प्रतिलिपी  र राष्ट्रिय परिचयपत्र तयार भएको मेसेज लगायतका कागजातहरु अनिवार्य लिई सम्बन्धीत व्यक्ति स्वयम् नै कार्यालयमा उपस्थित हुनु पर्ने छ ।

तपाइँको प्रतिक्रिया ।