दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

अबनी अम्बर सारा ब्याप्त साहित्य जगत् यो
सुनसान भएर रहन्न कहिल्यै फगत् यो
यसमा हीरा मोती जडित सम्पुर्ण निधिछन्
महक फैलाऔ  यसको यो अमुल्य जगत यो

पशुपतिको आनन्दमय देश यो
हामी सुरक्षित छौ स्वर्गमय देश यो
कहिँ पनि कसैलाई आघात नलागोस
सुन्दर प्रकृतिको माधुर्यमय देश यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।