पढ्ने रहर : प्रनिशा चौलागाईँ (कविता )

पढ्ने रहर : प्रनिशा चौलागाईँ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

बाबाको कमाई राम्रो नभए पनि
पढ्न पाकी छु पैसा नभए पनि
पल्टाउन नपाउदा किताबको पाना
गाह्रो हुन्छ जिउनलाई जीवन
झन देख्छु अरुले नपाएको पढ्न
नपाउदा माया पाएनन् अघि बढ्न
छाती चिरिन्छ त्यो अवस्था देखेर
म पो भाग्यमानी रहेछु भनेर
नभएको भए बाबा र आमा
कहाँ पाउथेँ र विद्यालय जान
के फरक छ र ऊ र म मा
उसको नि हक हो खान र लाउन
दुखैले भए नि मैले त पाएँ पढ्न
खुसी हुन्थेँ बाबा ऊ नि सके अघि बढ्न।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।