काठमाण्डौ महानगरपालिकामा न्युनतम रोजगारीको अवसर !
कपन अनलाइन
काठमाण्डौ,फागुन ३।
काठमाण्डौ महानगरपालिकाले न्युनतम रोजगारीका लागि आवेदन माग गरेको छ। न्युनतम आए भएका नगरवासीहरुलाई न्युनतम रोजगारीका लागि आवेदन दिन इच्छुक नागरिकलाई आग्रह गरिएको छ ।
रोजगारीको हक सम्बन्धी ऐन २०७४ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ को दफा १८ वमोजिम आगामी आर्थिक वर्ष २०८१/८२ मा यस महानगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन वरावरको न्यूनतम रोजगारीमा संलग्न भई सामाजिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारीमा संलग्न नभएका, नेपाल सरकारले तोकेको न्यूनतम पारिवारिक आय वार्षिक रु ६६,८००/- भन्दा कम रहेका १८ देखि ५९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरूले फाल्गुन मसान्त भित्रमा आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगारको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदन सम्वन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र, पालिकाको वेवसाइट www.kathmandu.gov.np वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np बाट डाउनलोड गर्न सकिने छ ।
थप जानकारीका लागि :