आइतबारदेखि कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ बास्केटबल हुने

आइतबारदेखि कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ बास्केटबल हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

कीर्तिपुर नगरपालिकाको आयोजनामा यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ टिमको सहभागिता निश्चित भइसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले जानकारी गराए । त्यसबाहेक पोखरा, विराटनगर र टोखाले पनि बिहीबारसम्म सहभागिताको टुंगो लगाउने बताइएको छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागी खेलाडी तथा दर्शकका लागि ‘थ्री प्वाइन्ट’ सुटका लागि अवसर प्रदान गरिने र उत्कृष्ट १–१ लाई जनही ५–५ हजार नगद पुरस्कार दिइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।