सहिद तिमी : गंगा लिगल (कविता )

सहिद तिमी : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

सहिद तिमी हौ अमूल्यकथा देशका
साच्चै तिमीहौ स्वर्णमय गाथा देशका
बिर्सने छैनौँ हामी तिम्रा अनगिन्ती गुण
सम्झनामा आउछन् तीब्यथा देशका ।

कतिकति खेल्यौ होली रगतको
गएन त्यसै त सोली रगतको
राख्यौ नाम सदा जीवन्त पारी
स्थायित्व रह्यो है गोली रगतको ।

यो पुण्य भूमिमा दिब्यता दियौ
सदा नयाँनयाँ सभ्यता दियौ
फलायौ हीरा मोतीहरु सदा सदा
अनि मानवमा प्रशस्त बाहुल्यता दिँयौ ।

देश बचाउने प्रबल सामर्थ्य  दियौ
मानवतामा अनौठो परमार्थ दियौ
सक्दैन कसैले गर्न केही हस्तक्षेप
अग्रसरताको त यथार्थ दियौ ।

मानवको अंगअंगमा जोशभरी दियौ
सफलीभूत हुनहोस भरी दियौ
होस्टेमा हैसे गर्ने आकांक्षा बढायौ
पद पदमा तिम्रो नामको कोष भरी दियौ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।