गजल : अनिता भण्डारी (पौडेल)

गजल : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

तिम्रो यादन आएको कुनै दिनछैन रात छैन
तिमीबिना त त्यो पेयपदार्थमा पनि मात छैन

तिम्रा नशालु आँखा रहेछन मलाई मत्ताउने
हिड्दा हिड्दै लडे भने उठाउने हातछैन

मुटुमा लेखिएको कुरा बाहिर कसैले देख्दैन
प्रमाण कसैलाई देखाऊँ भने कुनै छाप छैन ।

आजकल बोल्दैनौ दुःखमलाई पनि त लाग्छ
मलाई चाहिँपाप लाग्छ रे तिमीलाई पाप छैन ।

मेरो गुण पनि सम्झ काम लाग्न सक्छ कुनैदिन
रिसाउदा चित्त दुख्छ मरीमेट्दा किन धाप छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।