यस्तो होस सिर्जना मेरो : जमुना आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।
सम्पूर्ण मनुष्य
सजीव प्राणीको
भलो गर्ने
अन्यायमा न्याय दिलाउने
अशक्तको शक्ति दिलाउने
दुःखमा साथदिने
विषभनेर अमृत पिलाउने
भोको पेटमा अन्न भर्न सक्ने
बेरोजगारीलाई रोजगारी सिर्जना
पीडितको मलम उच्चस्तरीय कलम
नगर्ने ढाँट छल
हसाँउने हरपल
उच्चविचारको पहरा
यथार्थपरक लहरा
कुद्ने कुनाकन्दरा
देशको नाम जोडिएको
विकासका नामले मोडिएको
गरिबको बलेको चुल्हो
सिँचाइ बोकेको जमिन
पारो रत्ननवीन
हौसला र प्रेरणाको बगैँचा
हराभरा मातृभूमि बोकेको
कथा व्यथाको लहर
गौरवको खोल्ने ढोका
वैरीलाई पनिनदिने धोका
यस्तै होस् मेरो सिर्जना !!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।