मेरी दिदी : अनिता लामा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
आमाजस्तै माया गरी सिकाउँछ्यौ पाठ
जस्तोसुकै परिस्थितिमा नि समाएर हात ।
बिराउन लागे बाटो सजग गराइकन
मीठो बोली बोल्दै सिकाई अह्राइकन ।
दिदी तिमी मेरो लागि प्रेरणाको राश
कहिले पनि नसकिने मीठामीठा आश ।
आफ्नो दुः ख लुकाएर बाहिर हाँस्न जान्ने
मेरो खुसीलाई सदा आफ्नो खुसी ठान्ने ।
मेरा लागि त्याग र समर्पण सधैँभरि गर्छ्यौ
कहिले नमेटिने माया यो हृदयमा भर्छ्यौ ।
जीवनको सच्चा अर्थ मलाई सिकायौ
संघर्षको मैदानमा बलियोसँग टिकायौ ।
म कहिल्यै बिर्सने छैन तिमीले गरेका गुन
सधैँ सफल बन्न सकूँ तिम्रो दायाँबायाँ हुन ।
तिमी भए संसारमा चाहिँदैन मलाई धन
सधैँ तिम्रो सम्मानमा फुलोस् मेरो मन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।