बुढानिलकण्ठ नगरपालिकाको १३ औ नगर सभा सम्पन्न,विभिन्न ऐन र विधयेक पारित

बुढानिलकण्ठ नगरपालिकाको १३ औ नगर सभा सम्पन्न,विभिन्न ऐन र विधयेक पारित

कपन अनलाइन

काठमाडौं , पुस २०।

बुढानिलकण्ठ नगरपालिकाको १३ औ नगर सभा सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको नगर सभाले विभिन्न ऐनहरु पारित गरेको छ।

उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, वडा अध्यक्ष,कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुको उपस्थितिमा भएको सो नगर सभाले   जनस्वास्थ्य ऐन , सांस्कृतिक प्रतिष्ठान विधयेक, सुशासन व्यवस्थापन तथा संचालन गर्न बनेको विधयेक -२०८०  पारित गर्नुका साथै विभिन्न समितीका संयोजकहरुले प्रस्तुत गरेको अर्ध वार्षिक प्रतिवेदन समेत पारित गरेको छ।

न्यायिक समिति र राजस्व परामर्श समितीका तर्फबाट उपप्रमुख अनिता लामाले प्रतिवेदन पेश गरेको  सो नगर सभामा विधायन समिती , पूर्वाधार विकास समिती ,सामाजिक विकास समिती,बन वातावरण तथा विपद व्यवस्थापन समिती ,सुशासन तथा संस्थागत विकास समिती ,आर्थिक समिती र लेखा समितीका संयोजकहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।