बुढानिलकण्ठमा सांस्कृतिक प्रतिष्ठान गठन हुने,कस्तो बन्नेछ १३ सदस्यीय समिती ?

बुढानिलकण्ठमा सांस्कृतिक प्रतिष्ठान गठन हुने,कस्तो बन्नेछ १३ सदस्यीय समिती ?

कपन अनलाइन

काठमाडौं , पुस २०।

बुढानिलकण्ठ नगरपालिकाको १३ औ नगर सभा सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको नगर सभाले विभिन्न ऐनहरु पारित गरेको छ।

उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, वडा अध्यक्ष,कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुको उपस्थितिमा भएको सो नगर सभाले   जनस्वास्थ्य ऐन , सांस्कृतिक प्रतिष्ठान विधयेक पारित गर्नुका साथै विभिन्न समितीका संयोजकहरुले प्रस्तुत गरेको अर्ध वार्षिक प्रतिवेदन समेत पारित गरेको छ।

सो नगर सभाले सांस्कृतिक प्रतिष्ठान गठन सम्बन्धि विधयेक २०८० पारित गरेको छ। नगर सभाले पारित गरेको सो विधयेकका अनुसार निम्न पदाधिकारी तथा सदस्य रहने समिती बन्नेछ ।

कुलपति: अध्यक्ष

उपकुलपति : उपाध्यक्ष

सम्बन्धित क्षेत्रमा विसिस्ट योगदान पुर्याएका व्यक्तित्वहरुबाट : ८ जना सदस्य (दुई महिला सहित )

जनप्रतिनिधिहरुबाट : २ सदस्य ( एक महिला सहित )

नगरपालिकाले तोकेको कर्मचारी : सदस्य सचिव

 

 

तपाइँको प्रतिक्रिया ।