नेकपा एकीकृत समाजवादी विस्तारका लागि राम कुमारी झाक्री अध्यक्ष बन्नुपर्छ …..
वि स २०५६ सालमा दोलखाको जिरी नगरपालिकामा जन्मिएका बिशाल काफ्ले खत्री सानै उमेरदेखी आफुलाई समाज परिवर्तन र देश परिवर्तनका खातिर आफुलाई राजनीतिमा जाग्ने प्रेरणा आफ्नो घर परिवार बाट सुरु गरेको बताउछन ।
विद्यार्थी कालमा देश परिवर्तन गर्न तथा समाज माथि उठाउने उदेश्यले आफु माओबादी प्रति आस्था जागेर २०६९ सालमा अनेरास्ववियु (क्रान्तिकारी ) दोलखा जिल्ला कमिटी सदस्यको रुपमा औपचारिक दङ्गले राजनीति गर्न सुरु गरेका उनले माओबादी नेताहरुले देश र जनताको हितको भन्दा पनि आफ्नै स्वार्थमा लागेको देखेर राजनीति देखि ब्रितिष्ण भई केहि समय आफु निस्क्रिय रहेको बताए।
उनले राजनीतिलाई फोहोरी खेल भनि आफ्नु उमेरका धेरै प्रतिभावान नेपाली नागरिकहरु विदेश गए पनि युवाहरु राजनीतिमा सक्रिय भई देश र जनताको सेवा गर्न आफु नेपालमै बसी राजनीति गर्ने योजना रहेकाले देशमा रहेका ठुला पार्टीहरुको व्यक्तिवाद, नातावाद, कृपावादलाई परास्त गरि पार्टी नीति नियम र सामुहिकतामा जनताको आवाजको प्रतिनिधित्व गर्दै देश परिवर्तनको लागि स्थापित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको विधान अनुसार चल्ने हेतुले आफु २०७८ सालदेखि बुढानिलकण्ठ नगर उपाध्यक्ष हुदै नेकपा एसको काठमाडौँ जिल्ला युवा संघ जिल्ला कमिटी सदस्य भएको बताए।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा रहेर छोटो समयमा काफ्लेले पुराउनु भएको योगदानलाई कदर गर्दै उनि हाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको युवा संघ केन्द्रीय सदस्य रहेका छन ।
चिया पसल देखि हरेक चोकमा खत्री आफ्नो पार्टीको अझ भनौं नेकपा एसको केन्द्रिय सचिव पुर्ब मन्त्री युवा नेतृ रामकुमारी झाक्रीको चर्चा अहिले खत्रीको दैनिकी नै रहेको छ । नेकपा एस अधिवेशनको मिति घोषणा गरेसगै अब परिवर्तन युवाले गर्नुपर्ने त्यसको लागी अब नेकपा एसको नेतृत्व रामकुमारी झाक्रीको विकल्प नरहेको खत्रीको भनाई छ ।
२ जना पुर्व प्रधानमन्त्री रहेको पार्टी नेकपा एसमा अब अध्यक्ष कमरेड माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले युवालाई अझ भनौ सक्षम महिला नेतृ रामकुमारी झाक्रीलाई पार्टी हस्तान्तरण नगरे बिद्रोहको औचित्य नरहने र पूरा कम्युनिष्ट आन्दोलन पनि धरापमा रहने खत्रीको भनाई छ ।
अब पुराना नेताले अनुभव सल्लाह सुझाव दिदै दोस्रो पुस्ता रामकुमारी झाक्री, राजेन्द्र राई र धनश्याम भुसाललाई पार्टी नेतृत्वमा जिम्मा दिए नेकपा एस देशको पहिलो पार्टी बन्ने र युवाहरुलाई थप हौसला प्रदान हुने उनले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।