गजल : डिल्लीराज के.सी.

गजल : डिल्लीराज के.सी.

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

गर्न हुने नहुने दायरा छ प्रयासको पनि ।
मुस्कुराउदै सेल्फी लियौ लासको पनि ।

जेठमास लागे घामलाई गाली दिन्छौ,
सोच समय आउछ हिउदमासको पनि ।

कसैलाई किन यति हलुका सोचिन्छ ?
आखिर ओजन हुन्छ कपासको पनि ।

मुर्ख बन्न सक्छ हामिले सम्झिने पुर्खा,
इतिहाँसमा नाम छ कालिदासको पनि ।

तिमिलाई धनको अभाबकहिलै नहोस्,
ब्याज माग्न आयौ सय, पचासको पनि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।