ल अघि सरौं : सुशील आचार्य (कविता )

ल अघि सरौं : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

ल है भाई बहिनी तिमी एक काम गर
बाल साहित्यमा रूची राख्न अघि अघि सर
बाल कविता बाल कथा बालगित लेखी
तिम्रो भविष्यलाई पनि उज्यालो नै देखी
बाल साहित्यमा तिमी लागी हाल हेर
के के फाईदा हुन्छ अनि सोच एकफेर
अति रमाईलो हुन्छ लेख्नथालेपछि
मेडियामा पठाउनु अनि घरमै बसी
साहित्यिक फाँटको पत्रिकाकपनबानेश्वर
यसमाआफ्नो रचनालाई पठाउने गर
प्रविधिको प्रयोगगरि रचना पठाउँदा
उहाँहरूलाई खुशी लाग्छ तिम्ले हात अघि बढाउँदा
अतिखुशीभई तिम्रो रचनालाई प्रकाशीत गरी
त्यो पत्रिकाहातमै दिनुहुन्छ अनि खेरी
के बालक के बालिकायुवाबृद्ध बृद्धा
प्रकाशितगरिदिने जस्ले राम्रो रचना पठाउँदा
एकबर्षभर जस्ले राम्रो सृजना पठायो
कुरा बुझउसले पक्कै पुरस्कार पायो
साहित्यको क्षेत्रमा क्या नामपनिचल्ने
अनि सर्जकको भाग्यमा नै बत्तिबल्ने
त्यसैले आउँ अब हामी एक काम गरौँ
‘कपनबानेश्वरमा रचना पठाउँन अघि सरौँ’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।