लामो बिश्राम : जेनअल–मरजाह (कविता )

लामो बिश्राम : जेनअल–मरजाह (कविता )

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

तिम्रो सौन्दर्य र तिम्रो जोश,
म तिमीलाई कसरी भुल्न सक्छु ?
भेट्न सकौ तिमीलाई,
तिमीसँगै बाँच्नपाउँ ।
तिमी र तिम्रो विस्मृति
तिम्रै अनुहारमा खेर गए
तिम्रै लागि बलिदान दिए,
तिम्रै लागि बलिदान दिए
तिमी नभएको भए
तिमीलाई छोएर ब्यूँझने थिएँ म
तिमी चाहनाको सन्यासीहौ,
पूजकहौ, तरपनी गुनासो गर्छौ ।

म तिमीलाई सुर्य झै हेर्न चाहन्छु
तिमीमा उज्यालो चम्किएको होस् ।
आकाशको एक तारा जस्तै,
हाम्रो कहानी कथा कस्तो नहोस
तिम्रो मायाले मेरो रक्षागर्नेछ
र तिम्रो पासोले मलाई झुण्डाउँने छ
तिमीले गर्नेशंकाहरु फगतहुन ।
तिम्रो साथ र तिमी पछी म
मेरो आत्मालाई प्रेम गर्थे,
त्यसैले म जीवन्त तिम्रै साथ बिश्राम गर्न चाहन्छु ।

(अनुवादःकमल ढुंगाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।