गीत : जनार्दन अधिकारी ‘धड्कन’
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
मैले यहाँ गाउन नहुने भो, तिमी नाच्न नहुने भो
जितको खुशीमा रमाई एक छिन् हाँस्ननहुने भो
फैलाएर हल्ला त्यसै बदनाम गर्न अघि सर्छन्
आफ्ना सबै काम छोडेर चियो चर्चा मात्र गर्छन्
मन परेको फोटो कतै सन्जालमा टास्न नहुने भो
मैले यहाँगाउननहुने भो, तिमीनाच्ननहुने भो
विश्वासलाई तोडेर मौलाउँछ यहाँ स्वार्थ
स्वार्थीलाई के थाहा साँचो प्रेमको सही अर्थ
चलखेलको भुमरीमा लगन गाँठो कस्न नहुने भो
मैले यहाँ गाउन नहुने भो, तिमी नाच्न नहुने भो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।