मुक्तकहरु : जमुना आचार्य
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
जीवनमा आपसमा मेल गर्नु सधैँ
आइपरेका विभिन्न झेल तर्नु सधैँ
प्रोत्साहन भीडमा समर्थन साथमा
खेलाडी बन्दै लायक खेलझर्नु सधैँ ।
वर्षौँसम्मपनि रहेर साथमा
अनेकन पीडा सहेर माथमा
अरुलाई जिम्मालगाउनुपर्ने
गायनमा उतार्दै व्यथा गाथमा ।
कति रमणीय दृश्य ठाउँ छन् नेपालमा
पृथक भिन्न भिन्नका गाउँ छन् नेपालमा
पर्यटकको लर्को हेर्न निमित्त जमर्को
साँचिराखेको पवित्र साउँ छन् नेपालमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।