आमा : मधुसूदन प्रसाद घिमिरे (लघुकथा)
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
काठमाडौं, पुस ७ ।
‘आमा ! आमा !! भोलि कस्को श्राद्ध ?’
आमाले नातिनीको मुखमा हेर्दै भनिन्, ‘भोलि तेरा बाकी आमा तेरी हजुरआमाको श्राद्ध ।’
भनिन्छ, ‘मानिस मरे पछि बैकुण्ठ जान्छ रे । अनि हजुरआमा भोलि यहा आउनु हुन्छ त ?’ नातिनीले आमालाई भनिन् ।
‘यो हाम्रो परम्परा संस्कार हो नानी ।’
भोलि पल्ट दसै बजे पुरेत आए । हजुर बाले श्राद्ध गरेको नातिनीले हेरिरही । पुरेतले कुशको बाहुनलाई पुजा गर्न यजमानलाई अह्राउदै पढे, मरेको मानिसको नाम । नातिनीले सुनी । हेरि रही । उसले ठानी, हाम्री हजुरआमा त घाँसको टुक्रा हुनु भएछ ।
श्राद्ध सकियो । हजुरबाले सबैलाई टीका लगाइ दिए । नातिनीलाई पनि टीका लगाउदै भने, ‘ल नातिनी, तँ नै हजुरआमाको स्वरुप होस् । ला दक्षिणा । नातिनीको मनमा लाग्यो–‘मानिस मरेपछि पोलेर खरानी बनाउछन् रे । हाम्रा हजुरबा कहिले कुशको टूक्रालाई, कहिले भातको पीण्ड पूजा गरेर हजुर आमाको नाम भन्छन् । कहिले मलाई हजुर आमाको स्वरुप भन्छन् । खै के खै के ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।