धागो र चङ्गा : राम आचार्य पुष्पप्रेमी (कविता)
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
खुल्ला चौरमा
सुनसान वातावरण
मानिसको चहलपहल
पातलो देखिन्छ,
प…र एउटा कुनामा
स–साना नानीबाबुहरू
खेलिरहेका छन्
भाँडाकुटी खेल।
एक आपसमा रमाउदैछन्,
अर्काे छेउमा
एकहूल अल्लारेहरू
खित्का छाडेर
हाँस्दै थिए
सायद उनीहरूमा
तरुणा वयको उमङ्ग
पोखिएको हुनुपर्छ ।
म पनित्यहि चौरको
मध्यभागमा पुगें,
आकाशनिहालें
वादल रहित निलो गगनमात्र
आँखाभरी समेटियो,
जून हेरें
अहँ देखिन,
शिर भन्दामाथि
घाम हेरें
पश्चिम तिर ढल्किन
थालेको थियो
किन कि
म उभिदा मेरो छायाँ
पूर्वतिर सुतेको देखिन्थ्यो ।
यहि उन्मुक्त वातावरणको
सदुपयोग गर्दै
मैले हातबाट लटाई खोलेर
चङ्गा छोडिदिएँ हावामा,
उड्दै गयो माथिमाथि आकाशमा ,
हावाको वेगसँगै
नाचथ्यो मेरो चङ्गा,
मेरो खुशी, उत्साह र उमङ्गहरू
उहीँचङ्गा जस्तै वेगिन्थे
मनको आकाशमा ।
केही गरौं र
केहीबनौं भन्ने जर्मकोहरु
मर्दै ब्युँतिदै गर्थे मन मनमा,
म आकाशको चङ्गातिर
टोलाई रहन्थे,
एक्कासी वेगिलो हावाको
झ्वाँकासँग लटाईको धागोले
थेग्न सकेन
चुडियो धागो
लटाई मेरो हातमा थियो
चङ्गा आकाशमा
अनियन्त्रित बन्दै गयो ।
म टोलाई रहें र
हातमा भएको लटाई
ओल्टाई पल्टाई हेर्न थाले
आकाशमा चङ्गाअदृष्य
बन्दै गयो,
आखिर
जीवन पनि त
लटाईको धागो जस्तै त हो,
लटाई रचङ्गाबिचमा
अन्तर सम्बन्धको सेतु भनेको
धागो पो रहेछ
साँच्चै
हाम्रो जीवन मृत्युको पर्याय ।
धागोमा अडेको चङ्गा
विधिमा चलेको जीवन
शुरु र अन्त्य अनिश्चित ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक