अधिवेसनमा होमियो नेकपा एमाले बुढानिलकण्ठ,नेतृत्व चयन बारे बहस शुरु

अधिवेसनमा होमियो नेकपा एमाले बुढानिलकण्ठ,नेतृत्व चयन बारे बहस शुरु
कपन अनलाइन
 काठमाडौं, मङ्सिर ५।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी अधिवेसनको तयारीमा होमिएको छ।
नगर कमिटी अन्तर्गतका १३ वटा वडाहरु मध्ये तिन वडाले अधिवेसनको मिति तोकिसकेका छन भने बाँकी वडा कमिटीहरुले केहि दिन भित्रमै मिती तोक्ने तयारी गरेको नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले जानकारी दिएका छन।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २०८१ शाल जेष्ठ महिना सम्म जिल्ला ,नगर र वडा कमिटीको अधिवेसन सम्पन्न गर्न निर्देशन दिए संगै बुढानिलकण्ठ नगर कमिटीले अधिवेसनको तयारीलाई तीव्रता दिएको हो।
अधिवेसनको चहलपहल शुरु बने संगै नेकपा एमाले बुढानिलकण्ठमा पनि नेतृत्व चयनको बहस शुरु भएको छ। अघिल्लो अधिवेसनमा नगर कमिटीका १४ वटै अधिवेसनमा सर्वसम्मत नेतृत्व चयन गरेको बुढानिलकण्ठमा आगामी नेतृत्वको बहस शुरु भए संगै आगामी नेतृत्वको बारेमा चर्चा परिचर्चा हुन् थालेको छ।
२०७९ शालको स्थानीय तहको निर्वाचनमा १३ वडा मध्ये १० वटामा अध्यक्ष पद जितेको नेकपा एमालेले कार्यकारी पदमा रहेका नेताले कमिटीको नेतृत्व गर्न नपाउने मापदण्ड तय गरेपछि बुढानिलकण्ठका कतिपय वडा कमिटीहरुमा नयाँ नेतृत्व आउने देखिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा नं ६ का अध्यक्ष रवी खड्का र वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश ) ले अध्यक्ष निर्वाचित भए संगै पार्टी कमिटीको नेतृत्व कार्यबाहक अध्यक्ष बनाएर हस्तान्तरणको प्रयास शुरु गरिसकेका छन।
त्यस्तै अन्य वडा कमिटीहरुमा पनि नेतृत्वको बहस शुरु भएको छ भने कतिपय वडाले नेतृत्व सहजीकरण समिती समेत बनाएका छन।
२०८४ शालको निर्वाचन परिचालन र नेतृत्व चयनको जिम्मेवारी बहन गर्ने कमिटीहरुको अधिवेसनहरुलाई निकै चासोका साथ हेरिएको छ।
तपाइँको प्रतिक्रिया ।