चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
मानव अंग अंगमा रसिएको साहित्य
उज्वलताले परिपुर्णता पाएको आदित्य
यो त पीयूष हो युग युगमा पाइने
सदा पृथ्वीमा दर्शाईएको पाण्डित्य ।
देशको माटो अकबरी सुन हो
यो त सारै अजम्बरी सुन हो
यसलाई चाहिन्न कुनै कसी
यो त सुन्दर नम्बरी सुन हो ।
पबित्र प्रेम नै बिश्वासमा अडेको हुन्छ
यो सबै ईश्वरीय आस्थामा गडेको हुन्छ
यसले बनाउछ मानव हृदय आल्हादित
तसर्थ स्नेह भाव यसैमा जडेको हुन्छ ।
सुख दुःखसँगै हिढ्छ जीवनमा
हण्डर खादै सँगै बढ्छ जीवनमा
अनि त अनुभवले खारिन्छ मान्छे
यसरी प्रगति चढ्छ जीवनमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।