मेरो शरीरले बोकेको ईश्वर र नील स्वर्गदूतहरूको आवाज’ ईश्वर: आइरिस क्यालिफ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
संसारका स्वर्गदूतहरूको राजा
स्वर्गका हाम्रा पिता
बहादुर याकोभ
सबै कर्मको प्रभु
नील एन्जिल्सको प्रकाशमा
रात उनको आँखा अगाडि छ
ईश्वरले मेरो शरीरलाई चन्द्रमाको अगाडि बोक्दै हुनुहुन्छ
र मेरो हृदयको सृष्टिमा प्रेमको आत्मा लेखिएको छ
ईश्वरकी छोरीलाई आशीर्वाद देउ
नग्न शब्दहरुले कविहरू कविता लेख्छन
पवित्र भजनहरूले हृदय निर्मल हुन्छ
स्वर्गमा स्वर्गीय चीजहरूको अघी चुम्बन गर्दै
बाईबल पढ्दै जान्छु
घामले भक्तहरुलाई उज्यालोतर्फ धकेल्छ
तब एक जीवित आत्मा बाँच्छ
मौनता स्वयम घुँडा टेक्छ
एक आवश्यक धुन को एक अवतार
मेरो आत्माको आवाज ईश्वरको हृदयमा पुगोस
होस स्वर्गबाट भव्य वर्षा ।
र म ठहराउँनेछु आफैलाई ईश्वरकी छोरी ।
(अनुवादः कमल ढुंगाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।