बुढानिलकण्ठका शिक्षकहरुले लेखे विद्यार्थीका कथा : १९ कथाको संग्रह सार्वजनिक
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
बुढानिलकण्ठ नगरपालिकाका शिक्षकहरुले विद्यार्थीहरुका वारेमा लेखेको कथा संग्रह सार्वजनिक गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काइँलाले १९ वटा कथाहरु रहेको संग्रह सार्वजनिक गरेका छन।
“सफलताका लागि संघर्ष ” नाम दिइएको उक्त संग्रहमा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्यापनरत रहेका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको कथा लेखेका छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संग्रहका सम्पादक बिना थिङ्गले संग्रह माथि प्रकाश पारेकी थिइन् भने युवा ,खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्य राखेका थिए।
सो कार्यक्रममा नगर उपप्रमुख अनिता लामा,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल ,विभिन्न वडाका अध्यक्षहरु सहित विधयालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।