भारतद्वारा नेपाल सरकारलाई भूकम्पराहत सामाग्री हस्तान्तरण
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २०।
यही कार्तिक १७गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप भारु १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरिएको छ ।
भारतीय वायुसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढीआपतकालीनराहत सामग्री लिएर आएको हो । यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुकालागि त्रिपाल, टारपोलिन सिट, कम्बलर स्लीपिङ्गब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।
भारत सरकारको तर्फबाट नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीकामुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।
२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमातत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्रीनामक सबैभन्दा ठूलो विपद राहतकार्य संचालन गरेको थियो ।
भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालकागोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।