राष्ट्रिय बास्केटबल लिगमा बुढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने, को को छन खेलाडी ?

राष्ट्रिय बास्केटबल लिगमा बुढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने, को को छन खेलाडी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १४ ।

राष्ट्रिय बास्केटबल लिग (एनबीएल) मा बुढानीलकण्ठ बास्केटबल क्लबले प्रतिस्पर्धा गर्ने भएको छ ।क्लबले शुक्रबार  एक पत्रकार सम्मेलन आयोजना गरी लिगमा प्रतिस्पर्धाको लागि तयार भएको जानकारी गराएको छ ।

क्लबले पत्रकार सम्मेलन मार्फत लिगका लागि तयार टिमका खेलाडि र टिम जर्सि सार्वजनिकरण गरेको छ जस अनुसार टिमको कप्तान पुष्प राउतको नेतृत्वमा रहेको खेलाडि समुहमा बिराज राणा, तेन्जिङ् शेर्पा, तेन्जिङ सोनाम, सौगात मल्ल, पर्गुन महर्जन, आशिस महर्जन, प्रशिद्ध मगर, सुरज सिग्देल, आङ फुर्बा शेर्पा, आकाश कुमार र सिभम कुमार छन् ।

यस्तै, टिम प्रशिक्षकको रुपमा नेपाल यु-१८ बास्केटबल समुहका पूर्व प्रशिक्षक प्रेम होना छन् भने  म्यानेजर प्रविन भण्डारीले सम्हालेको क्बलले जनाएको छ ।

नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा लिग सिंगल राउन्ड रोबिनको आधारमा असोज १२ देखि २७ गतेसम्म चल्नेछ । लिगको सम्पुर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुने छ ।

प्रतियोगिताको उद्‍घाटन खेल असोज १२ गते (आज) टाइम्स र कीर्तिपुर विच भएको थियो । बूढानीलकण्ठले आफ्नो पहिलो खेल लिगको तेस्रो दिन अर्थात असोज १४ गते किर्तिपुर बास्केटबल क्लब संग खेल्ने छ ।

लिगमा राष्ट्रिय स्तरको बास्केटबल क्लब विशाल मिलन केन्द्र, बूढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिमले एकआपसमा खेलेपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । लिगमा २८ खेल हुनेछन् ।

लिगको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार, प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी (एम.भी.पी.) ले ५० हजार पाउने नेपाल बास्केटबल संघले जनाएको छ ।

आज भएको पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई, बूढानीलकण्ठ बास्केटबल क्लबका अध्यक्ष रिसभ श्रेष्ठ, रिलायन्स कलेजका प्रतिनिधि, प्रशिक्षक प्रेम होना, म्यानेजर प्रविन भण्डारी लगायत सम्पुर्ण खेलाडि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।