जवाफ : प्रेम घिमिरे ‘अग्निकवच’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
‘मन त थियो तर अब स्वतन्त्र हुने बेलाभयो नदे’ भन्यो दर्शनेश्वरले हो त भनेर बस्दिएँ । अक्षपादको न्यायदर्शन पुरानो भइ– सक्यो । उत्तर आधुनिकतावादीदर्शनले पनिहोस् गर भनेपछि अल्मलिएको प्रेम मौद्रिक आहालमा डुब्न चाहेन । स्वतन्त्रताको संसारमा स्वाभिमानको सुमेरू घुमेर आयुष्मान हुनुमा गर्व गर्दै प्रेमिल जीवन जिउनुको मज्जा सबैलाई कहाँ प्राप्त हुन्छ र ?
आजभन्दा एकचालिस वर्ष पहिले सेवा प्रवेश गर्दा नै प्रधानाध्यापक बनेको अनुभवले उसलाई नउकासेको भने होइन । ऊ अहिले पनिविधि, प्रविधि र नियतिको जालोमा उन्मुक्तिको संसार खोजिरहेको छ । जीवनको सार्थकताको सिलाखोज्दै सत्यको सिंहासन निर्माण गर्न पाइला चाल्दैछ । शिक्षण पेशामा जीवनको चारदशक ब्यतित गरिसकेको एउटा पुरानो शिक्षकलाई उसकै विद्यार्थीले अचम्म मान्दै सामाजिक सञ्जालमा एउटा प्रश्न सोध्छन् । ‘सर ! तपाईँले प्रधानाध्यापक बन्न आवेदन दिनु भएन छ त ?’
स्थानीय सरकारले गरेको प्रधानाध्यापकको विज्ञापनको म्याद सकिएको पनि तीनदिन भैसकेको थियो ।उसले आफ्ना सहकर्मीहरूलाई प्रधानाध्यापकको लागिआवेदन नदिनुको कारणहरूको बारेमा धेरै पटक बयानदिनु पर्दाको पीडा सेलाएको थिएन । मानौँ प्रधानाध्यापकमा आवेदन नदिएर सुन तस्करले भन्दा ठूलो अपराध गर्यो उसले । तर आजशिष्यले गुरुको उच्चमूल्याङ्कन गर्दै सोधेको कौतुहलतापूर्ण प्रश्नको स्पष्ट जवाफ दिन उसलाई किञ्चित् अफ्ट्यारो लागेन । बरू छाती फुलेर हिमालय जस्तै भएको महसुस गर्यो प्रेमले र तत्क्षण रिप्लाई अप्सनमा चोर औँलाले टच गरेर जवाफका अक्षरहरू थिच्नथाल्यो ।
मानौँ भ्रष्टाचारका फायल जसरी थन्किएका स्वाभिमानका स्वरहरूलाई शब्दमा रूपान्तरण गर्न पाउँदा ऊ सगरमाथाको चुचुरोमा पाइला टेक्न पुगेको अनुभवगर्दैछ । अतीतको प्रश्नको जवाफ दिइसक्दा नसक्दै प्रेमको मन आकाशमा उँडेको चङ्गासरि भैसकेको थियो । ऊ अतीतलाई एउटा चेलो भन्दामाथि उठेर असलमित्र ठान्दथ्यो । अतीतको मनमा पनि यही भावना छचल्किएको महशुस गर्न मनोविज्ञानको शिक्षकलाई गाह्रो हुने कुरै भएन । ऊ अतीतको सफलतामा कैयौँ पटक खुसीले गद्गदहुने गरेको थियो । फूर्सदको बेलामा सँगसँगै समय बिताउने उनीहरूको सम्बन्ध एक अर्काका छाँया जस्तै थियो । इमान्दारीको कसौटीमा खरो उत्रन सक्ने यीदुबै प्राणीको मिलनविन्दु नैतिकता हो । सुशासन कायम हुनसके देश अमरावती भन्दा सुन्दर बन्ने कुरामा दुबैको बिमति थिएन । तस्करहरूको सञ्जाललाई राजनीतिज्ञहरूकै संरक्षण रहेको तथ्यले दुबैको मन भत्भती पोल्ने गर्थ्यो । तर समयको संयोगमा सिद्धान्तलाई बलिवेदीमा चढाउन अतीतलाई आइतबार कुर्नु परेन । प्रेमको मनमा आगो सल्क्यो । मनोविज्ञानमा धमिरा लाग्यो र हेर्दा हेर्दै सलहको भुमरीमा हरायो अतीत ।
अतीतको अधोगतिले प्रेमको पेट पोल्नु सम्म पोल्यो । तर भिरमा हामफाल्नेलाई रामरामभन्नु शिवाय अरु विकल्प देखेन उसले । एक्लो वृहस्पतिझैँ भएको प्रेमको वर्तमान सँधै एक्लो रहेन । सत्यको सुवासले उसको वर्तमान झाँगिदै आयो । आजऊ सबैको चासोको प्रधानाध्यापकमा होइन सबैको प्यारो शिक्षकमा चम्किएको छ । समाजमा उसको भूमिका एउटा असल राजनेताको भन्दाकम छैन । वर्तमानमा प्रेमलाई अतीतको जस्तै प्रश्नको जवाफदिनु परेको छैन । बरू आफ्नो जीवनको उचितगन्तव्य रोज्नअभिप्रेरित गर्दै हजारौं शिष्यहरूलाई सुखीजीवनको प्रत्याभूतिदिने फराकिलो सडक खन्नब्यस्त छ ऊ । थाहाछैन त्यो सडकमा कतियात्रु हिड्छन् अब‘.।
तपाइँको प्रतिक्रिया ।