लघुकथाका पात्र : केशब मोहन अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
लघुकथाकारहरू बीच छलफल चल्दै थियो ।उनीहरुको बिषय पात्र चयनमा केन्द्रित थियो ।
लघुकथाकार १ : लघुकथाको पात्रयथार्थपरक हुनुपर्छ ।
लघुकथाकार २ : लघुकथाको पात्रकाल्पनिकभएपनी हुन्छ ।
लघुकथाकार ३ : लघुकथाको पात्र आधा यथार्थ, आधाकाल्पनिकहुँदा ठीक हुन्छ ।
लघुकथाकार ४ : लघुकथाको पात्रमाहोल र प्रसङले आँफै जन्मिन्छ । पात्रलाई जबर्जस्तीजन्माउनु हुँदैन ।
बहस चल्दै गयो ।सबैका आ–आफ्नाविचारहरु आए । सबैजना आफ्ना मान्यताहरु स्थापित गर्न तर्कहरु दिनथाले । कैयौँ लघुकथाकारहरु बोल्ने क्रममा आफ्नो बिचारको अलावाआफ्नो व्यक्तित्व पनि झल्काउदै थिए । त्यहाँ उपस्थित सम्पूर्ण लघुकथाकारहरुको आफ्नो खालको भावभङ्गीमा र मनोदशा झल्किरहेको थियो । उनीहरुको कमजोर र सबल पक्षउजागर हुँदै थियो। कतिपय अवस्थामा चर्काचर्की समेत पर्न थाल्थ्यो ।
बहस अन्त्यहुने छनक थिएन तर लघुकथाकार द्रोण प्रसाद जुरूक्क उठेर हिँडे किनभने उनलाई सिर्जना गर्न पुग्ने पात्र र प्लट प्राप्त भैसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।