बुढानीलकण्ठमा असोज ०२ गतेबाट केबल तार व्यवस्थापन कार्य सुरु हुने

बुढानीलकण्ठमा असोज ०२ गतेबाट केबल तार व्यवस्थापन कार्य सुरु हुने

बुढानीलकण्ठ नगरपालिका भित्र अव्यवस्थित रूपमा रहेका केवल तारको व्यवस्थापन कार्य सुरु हुन लागेको छ ।

अवयवस्थित केबल तार सम्बन्धी कार्यदल समितिको मिति २०८०।०५।२१ गतेको बैठकको निर्णय बमोजिम आसोज ०२ गते बाट बूढानीलकण्ठ मुख्य सडकका केबल तारहरु व्यवस्थापन गर्न लागिएको हो ।

असोज ०२ गते बिहान १० बजेबाट न्यूरो हस्पिटल गेट, बाँसबारी हुँदै ब‍ूढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्रमा व्यवस्थापन कार्य सुचारु गरिने हुदाँ प्रत्येक सेवा प्रदायक संस्थाहरुबाट कम्तिमा दुई जना कर्मचारीहरू र केबल तार व्यवस्थापनमा चाहिने आवश्यक उपकरणहरू सहित अनिवार्य उपस्थितिको लागि नगरपालिकाले सुचना मार्फत अनुरोध गरेको छ । कुनै सेवा प्रदायक संस्थाहरुको उपस्थित नभई केबल तार काटिएमा नगरपालिका जवाफदेही नहुने जारी सूचनामा उल्लेख छ ।

मितिः २०८० असोज २ गते,
समयः बिहान १० बजे,
स्थानः न्यूरो हस्पिटल गेट, बाँसबारी बाट बुढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्र

तपाइँको प्रतिक्रिया ।