चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

सुर्यको प्रथम किरण छ नेपालमा
हिमालको चिसो चरण छ नेपालमा
तपस्याको महान स्थल मातृभुमि
साँच्चै यसको गौरबीकरण छ नेपालमा ।

शान्त समुद्रमा तरङ्ग तरङ्गिन थाल्यो
अति सुन्दर लहरहरु लहरिन थाल्यो
सायद बसन्तको पदचाप प¥यो जलमा
नवरंगी इन्द्रेणी जलमा रंगिन थाल्यो ।

यहाँ सधै सुखै सुख खोजेर कहाँ पाईन्छ र
सधै मिठै मीठो खान रोजेर कहाँ पाइन्छ र
भोगेर हेर्नुपर्छ संसारमा दुखलाई पनि
सधै मखली सैया सोजेर कहाँ पाइन्छ र

आफ्नै यो देशको माटोमा आनन्द अर्कै
आफ्नै देशको सानो पाटोमा आनन्द अर्कै
गगनचुम्बी भवन हेर्न अति नै राम्रो
तर आफ्नै देशको बाटोमा आनन्द अर्कै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।