भगवान्:सिद्धान्त रिमाल
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
म भित्रको तिमि
मैले आँखा खोलेर नदेख्ने तिमिलाई,
आँखा चिम्लिदा छौ तिमी ।
मैले निलेको अन्न मा नभएर,
मेरो भोकमा छौ तिमी ।
मैले लिएको सासमा नभएर
मैले लिन छोडिसकेको लासमा छौ तिमी ।
मैले खोज्दा नभेट्ने तिमिलाइ,
मैले कहिले नखोज्ने मेरो मनमा छौ तिमी ।
तिमीलाई खोज्न मानिस भौतारिएको छन्,
तिमी नै भनिदेउ कता छौ तिमी ।
तिमी मन्दिर मस्जिदमा रहेनछौ,
आखिर म भित्र नै छौ तिमी ।
राम भनौ कि रहिम,
जिसस भनौ कि पैगम्बर कुनै रहेन छौ तिमी,
केबल भगवान रैछौ तिमी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।