उत्तरोत्तर प्रगति : इन्द्रकुमार श्रेष्ठ (कविता )

उत्तरोत्तर प्रगति : इन्द्रकुमार श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

नारायणहिटी एक्लो र अल्पदृष्टिको ठानिएकोले
बहुदृष्टि भएको सिंहदरवारबाट काम चलाए !
त्यतिले नपुगेपछि अति नै महँगोमा
गाउँगाउँमा सिंहदरवारहरू बनाए !
त्यहाँबाट बसेर परपर हेर्दा पनि अझै
‘सुखी नेपाल र समृद्ध नेपाली’ कहाँ देखिए !
केही त गर्नैप¥यो, भएन अब भनेर–
प्रदेश प्रदेशमा भव्य ‘भ्यू टावर’ बनाए
यति हुँदा पनि नेपाली जनता नदेखिएपछि
भैंसेपाटीमा टन्न दरवार बनाए !!
यसैलाई भनिन्छ विकासको गति !
नेपाली मोडलको उत्तरोत्तर प्रगति !!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।