सुसेलीहरु : सुमित्रा श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
यी दुबै खास
आमा हाम्री धरती
बाबा आकाश ।
सम्मान देउ
हुँदा बृद्धअबश्था
नलाउ छेउ ।
हामिले हेर
गर्नुपर्छ आदर
दुख बुझेर ।
नगर हेला
चाउरेको मुहार
हातको ठेला ।
माया ममता
आमामा छ, बाबामा
अति धैर्यता ।
छैन भन्दैनन्
सानोतिनो कष्ट त
दुखै ठान्दैनन् ।
गौरब गाथा
दुखको बर्सादमा
बाबा हुन् छाता ।
आदर्श मेरो
बाबा बिना जीवन
हुन्छ अँध्यारो ।
खियाइ काँध
दिन्छन् जीवनभर
मायाको साथ ।
संरक्षक हुन्
बा भन्दा ठुलो गुरु
अरु छ र कुन् ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।