कृष्ण जन्माष्टमी सुसेली : बिवश पारदर्शी (कविता )

कृष्ण जन्माष्टमी सुसेली : बिवश पारदर्शी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

भयो विहानी
कृष्ण आए दुवार
जाग परानी ।।१।।

राधा रानीले
माया गरी बोल्दिने
आनीबानीले ।।२।।

प्रभु रुनुभो
राधा प्यारी नहुदा
एक्लो हुनुभो ।।३।।

वंशी धुनले
धरतीमा चियाए
घाम जूनले ।।४।।

जन्म पवित्र
धर्ती टेक्दा कृष्णले
भाथ्यो विचित्र ।।५।।

जन्मे जेलमा
माता पिता नेलमा
दैवी खेलमा ।।६।।

गर पूजन
राम कृष्ण एकै हुन्
कुरो बुझन ।।७।।

बुझ्यो कंसले
श्रीकृष्ण सामु ठाउँ
छोड्यो हंसले ।।८।।

कृष्ण गोपाल
पापी बडे अतिनै
आऊ नेपाल ।।९।।

बज्यो बाँसुरी
कृष्ण जन्म अष्टमी
भाग्छ आसुरी ।।१०।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।