इच्छा : सन्तोष कुमार पोखरेल (गीत)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
तिम्रा रहर अञ्जुलीमा भरेर
अङालोभरि पुर्याउन सकूँ
म याचक तिमी हिड्ने बाटोभरिको
तिमीलाई एकदिन पाउन सकूँ ।्
निरस बनेको छ जिन्दगी
भौतारिदै कति कति
दिन बिते अनि रात बिते
जाडो गरम बरसात बिते
तिमीलाई पाएर आँखाहरू
खुशी खुशी भिजाउन सकूँ ।
तिम्रा रहर अञ्जुलीमा भरेर
यो प्रेमको गीत गाउन सकूँ
मनको रहर औधी बढ्दो छ साथी
तिमीलाई एकदिन पाउन सकूँ ।
तिम्रा रहर अञ्जुलीमा भरेर
अङालोभरि पुर्याउन सकूँ
म याचक तिमी हिड्ने बाटोभरिको
तिमीलाई एकदिन पाउन सकूँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।