नेता हराएको सुचना : एस. विवश (कविता )

नेता हराएको सुचना : एस. विवश (कविता )

कपन अनलाइन
काठमाडौँ, भाद्र २।

लामो लामो दाह्री जुङगा पालेको
दकार्ने गरी घुस खाई ईज्जत फालेको
दौरा सुरुवाल र कोट लगाएको
तिन दिन देखी केहि नखाएको
खै कता हो कता देशको नेता हराएको

आन्दोलनमा ढुंगा हान्न जानेको
लेख्न पढ्न क पनी नजानेको
भाषण गर्न चाही पक्का आउने
हल्का पिउन सधै भ्याउने
खै कता हो कता देशको नेता हराएको

सधै आफुलाई साकाहारी हुँ भन्ने
हरेक रात छयला र विर्केमा दाउन हुने
दर्जनौ बाहिरी नाता भएको
सिंहदरबारबाट जान्छु भनि गएको
खै कता हो कता देशको नेता हराएको

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।