बादल : सन्तोषकुमार पोखरेल (कविता )

बादल : सन्तोषकुमार पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

हे बादल उडिउडी आउ
यो मनभित्र पोलिरहेछ
चीसो बरखा ल्याउ
हे बादल……………!

छाति सुकेको धेरै भो अब
ओस पनि सकिएका छन् सब
यस धरतीका छातिभरि तिमी
शीतल जल बर्साउ ।
हे बादल………………!

मेरो प्रियतम के गर्दो हो ?
कति मेरा उ भर पर्दो हो
अथवा बिर्सिएर मलाई
अरुलाई माया गर्दो हो ।

धेरै दिन भो मन बाँधेकी
मनको बाँध फुटाउ !
हे बादल उडिउडी आउ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।